नेपाल र श्रीलंकाबीच बराबरी

  • बिहीबार, मंसिर १९, २०७६

काठमाडौं । १३ औं दक्ष्ँिण एसियाली खेलकुदको पुरुष फुटबलमा बुधबार नेपाल र श्रीलंकाले १–१ को बराबरी खेलेका छन् । नेपाल जिततर्फ अग्रसर भएको बेला श्रीलकाले इन्ज्युरी समयमा गोल फर्काएको हो । श्रीलकाका लागि जुड सुपनले इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे । त्यस अगाडि नेपालले कप्तान सुजल श्रेष्ठले पेनाल्टीबाट गरेको गोलमा ३६ औं मिनेटमा अग्रता लिएको थियो ।
बराबरीको यो नतिजापछि नेपाल ४ ंअंकमा पा“च टिम सम्मिलित राउन्ड रोबिन लिगको शीर्ष स्थानमा छ । त्यसयता भुटान तीन अंकमा दोस्रो स्थानमा छ । यस्तै श्रीलंका र माल्दिभ्सको समान दुई अंक छ । बंगलादेश एक अंकमा पुछारमा छ । लिग चरणको समाप्तीमा शीर्ष दुई स्थान प्रँप्न गर्नेले फाइनलको यात्रा गर्नेछन् ।
खेलपछि प्रतिक्रिया दिंदै श्रीलकाली प्रशिक्षक पेकरअलिले बराबरीमा सन्तुष्टि देखाए । उनले भने, नेपाललाई बराबरीमा रोक्नु सक्नु आप्mनो टिममका लागि राम्रँे हो । नेपालका प्रशिक्षक बालगोपाल महर्जनले भने आप्mनो टिम जिततर्फ अग्रसर भएको बेला बराबरीको नतिजामा निराशा व्यक्त गरे ।
नेपाल जितेको भए फाइनल पुग्ने समीकरण बलियो हुने थियो । अब बिहीबार दशरथ रंगशालामा हुने दुई खेलमध्ये पहिलोमा भुटान र माल्दिभ्स भिड्ने छन् । यस्तै दोस्रो खेलमा श्रीलंकाले बंगलादेशको सामना गर्नेछ । यी दुई खेलको नतिजापछि फाइनल पुग्ने दुई टिमको समीकरण अझ प्रस्ट हुनेछ ।

Related News