कुस्तिमा भारतलाई चार स्वर्ण

  • शुक्रबार, मंसिर २०, २०७६

१३ औं दक्षिण एशियाली खेलकूदअन्तर्गत जनकपुरधाममा कुस्ति खेलको उद्घाटन भएको छ । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले दिपप्रज्वलन गरी उदघाटन गरेका हुन् । मिथिला नाट्कला परिषदको स्वागत गानसंगै नेपाली सेनाको सांस्कृतिक राष्ट्र गान प्रस्तुत गर्दै स्वागत गरेका थिए ।
शुक्रवारदेखि जनकपुरधाममा सुरु भएको कुस्ति खेलमा भारतले चार स्वर्ण हात पारेको छ । जनकपुरको कवर्ड हाँलमा विभिन्न चार तौल समुहको कुस्तीमा भारतले चारवटा स्वर्ण पदक जितेको छ । नेपाले भने एक रजत (सिल्वर) र तिन कास्य (ब्रोन्ज) पदक जितेको हो ।
महिलातर्फ ५० किलोग्राम तौलमा भारतकी शितलले पहिलो स्थान हासिल गरेर स्वर्ण पदक जितिन् । यसैगरी श्रीलंकाकी निरोसानीले रजत र नेपालकी मनिषा सिंहले कास्य पदक जितेकी छिन् । त्यस्तै दोश्रो खेलमा महिलातर्फ ५३ केजी तौलमा भारतकी पिन्कीले स्वर्ण, नेपालकी शिवांगी दुवेले रजत र श्रीलंकाकी समिकाले कास्य पदक जितेकी छिन् ।
त्यस्तै पुरुषतर्फ ५७ किलोग्रामतर्फ भारतका राहुलले स्वर्ण, श्रीलंकाका कथोरनगानाले रजत र नेपालका नरेशप्रसाद यादवले कास्य पदक हात पारेका छन् । त्यस्तै पुरुषतर्फ ६५ केजी तौलमा भारतका अमितले स्वर्ण, श्रीलंकाका चमाराले रजत र नेपालका सरोज यादवले कास्य पदक जितेका छन् ।

Related News