पुरुष क्रिकेट: बंगलादेशसंग नेपाल पराजित

काठमाडौं, मंसिर २० गते ।
१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेश यु–२३ संग ४४ रनले पराजित भएको छ ।
टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो ।
नेपाललाई लक्ष्य सम्म पुग्न नदिन बंगलादेशी बलर सुमोन खान, तन्भिर इस्लाम, सौम्या सरकार, मेहेदी हसनले समान २र२ विकेट लिए ।
नेपालको ब्याटिंगमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वा्धिक ४३ रन बनाए। ४३ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरे। दिपेन्द्र ऐरीले १६ र अविनाश बोहराले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ्।
यस अघि टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको बंगलादेशले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।
बंगलादेशको लागि कप्तान नज्मुल हुसेनले सर्वा्धिक ७५ रन योगदान दिए । उनले अविजित रहँदै ६० बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै अफिफ हुसेनले २८ बलमा ६ चौका र १ छक्का मदतले ५२ रन बनाए ।
नेपालको बलिंगमा पारस खड्काले सर्वा्धिक ३ विकेट लिए। दिपेन्द्र ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए। खेलको प्लेयर अफ द म्याच बंगलादेशका नज्मुल हुसेन चुनिए।

Related News