पुरुष क्रिकेट: माल्दिभ्सद्वारा भुटान पराजित

१३ औं दक्षिण एसियाली खेलकुदको पुरुष क्रिकेट अन्तर्गत शनिवार सम्पन्न दोश्रो खेलमा माल्दिभ्सले पहिलो जित दर्ता गर्ने क्रममा भुटानलाई ८ विकेटले पराजित गरेको छ ।
टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा भुटानले दिएको ११८ रनको लक्ष्य माल्दिभ्सले १५.१ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।
माल्दिभ्सको जितमा उमर एडमले अविजित इनिंग खेल्ने क्रममा सर्वा्धिक ३७ रन बनाए । यस्तै एहमद हसनले २९ तथा अज्यान फर्हाथले २२ रन बनाए।
यस अघि टस हारेर ब्याटिंग गरेको भुटानले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर ११७ रन बनाएको थियो। उसको लागि कप्तान जिग्मे सिंगेले सर्वा्धिक ४० रन बनाए भने सोनम तोब्गेले २४ रन तथा थिन्ले जम्त्सोले १९ रन बनाए। माल्दिभ्स बलर इब्राहिम हसनले ३ विकेट लिए ।

Related News