पुरुष क्रिकेट – श्रीलंकाद्वारा बंगलादेश पराजित

सागको पुरुष क्रिकेट अन्तर्गत आइतबार सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलंका यु–२३ ले बंगलादेश यु–२३ लाई ९ विकेटले पराजित गरेको छ ।
टियु मैदानमा सम्पन्न खेलमा बंगलादेशले दिएको १५१ रनको लक्ष्य श्रीलंकाले मात्र १ विकेट गुमाएर १६.१ ओभरमै पुरा गर्यो ।
श्रीलंकाको जितमा लासिथ क्रसपुल्लेले सर्वा्धिक ७३ तथा पाथुम निस्संकाले ६७ रन बनाए । निस्संकाले ५२ बलमा ३ छक्का र ५ चौका तथा क्रसपुल्लेले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गरे ।
यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५० रन बनाएको थियो । उसको लागि यासिर अलिले सर्वा्धिक ५१ तथा महिदुल इस्लामले ४४ रन बनाए। श्रीलंकाको बलिंगमा असिथा फर्नान्डोले सर्वा्धिक २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच लासिथ क्रसपुल्ले घोषित भए ।
जितसंगै श्रीलंका सबै ४ खेलमा जित सहित अंकतालिकाको शिर्ष स्थानमा तथा बंगलादेश ४ खेलमा ३ जित र १ हार सहित दोश्रो स्थानमा रह्यो। श्रीलंका र बंगलादेशले स्वर्ण पदकको लागि तथा नेपाल र माल्दिभ्सले कास्य पदकको लागि सोमबार खेल्नेछन् ।

Related News