महिला फुटबल: भारतलाई स्वर्ण नेपाललाई रजत

पोखरा । आयोजक नेपाललाई हराउदै भारतले १३ औ दक्षिण एसियाली महिला फुटबलमा स्वर्ण पदक हात पारेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाललाई २ –० ले पराजित गर्दे १३ औ साग महिला फुटबलमा स्वर्ण हात पारेको हो ।

भारतको जितमा स्ट्राइकर एनजि बाला देवीले दुवै गोल गरेकी थिईन ।
उनले खेलको १८ औ मिनेटमा खाता खोल्दै भारतलाई अग्रता दिलाएकी थिइन ।
नेपालको डिफेन्सले मिस गरेको बल क्याच गर्न पुगेकी गोलकिपर एञ्जिला थुम्बापो अगाडि बढेकोले एनजि बाला देवीलाई गोल गर्न सहज भएको हो ।
त्यस्तै दोस्रो हाफको १० औ मिनेटमा भारतका एनजि बाला देवीले नै गोल गर्दे भारतको लािग गोल दोब्बर पारेकी थिईन ।

Related News