जुडो: नेपाललाई कांस्य

  • मंगलबार, मंसिर २४, २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोको मिक्स टिम इभेन्टमा नेपालले कास्य पदक जितेको छ । लगनखेलस्थित आर्मीको कभर्डहलमा मंगलबार नेपालले मिक्स टिममा कास्य जितेको हो ।
यस स्पर्धामा भारतले स्वर्ण जित्दा पाकिस्तानले रजत जितेको छ । नेपालसहित बंगलादेशले कास्य जितेको छ । स्वर्ण जित्ने क्रममा भारतले चार खेल नै जितेको थियो ।

Related News