पुरुष फुटबलमा स्वर्ण

  • मंगलबार, मंसिर २४, २०७६

काठमाडौं । नेपाल १३ औं दक्षिण एसियाली खेलकुदको अन्तिम स्वर्ण आप्mनो नाममा लेखाउन मंगलबार सफल रह्यो । दशरथ रंगशालामा भएको पुरुष फुटबलको फाइनलमा नेपालले स्वर्ण पदकका लागि भुटानलाई २–१ ले पराजित ग¥यो । नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको स्वर्ण जितेको यो कीर्तिमान चौथो पल्ट हो ।
पाकिस्तानको नाममा पनि चार पल्ट पुरुष फुटबलमा स्वर्ण जितेको कीर्तिमान छ । नेपाल सन् १९८४, १९९९ र २०१६ को विजेता पनि हो । यस्तै नेपाल भारत र पाकिस्तानपछि लगातार दुई स्वर्ण जित्ने तेस्रो टिम पनि बनेको छ । नेपालले तीन वर्ष अगाडि पुरुष फुटबलमा जितेको स्वर्णको रक्षा पनि गरेको छ ।
नेपालले १७ औं मिनेटमा अग्रता लिएको थियो । अभिषेक रिजालले नजिकबाट सजिलै गोल गरे । यो अभिषेकको प्रतियोगितामा तेस्रो गोल हो । भुटानले गरेको एक गोल भने कप्तान चेन्चो ग्यालचिनको नाममा रह्यो । उनले ३७ औं मिनेटमा गोल गरे । खेलको निर्णायक गोल भने ५३ औं मिनेटमा सुनिल बलले गरे ।
खेलपछि नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले टिमको राम्रँे तयारीकै कारण स्वर्ण जित्न सफल रहेको दाबी गरे । उनले भने, ‘हामीले चार महिना लामो तयारीको अवसर पायौं । त्यसकै कारण हामीले राम्रो पनि गर्न सक्यौं । हामी पूरा प्रतियोगितामा अपराजित रह्यौं, त्यसैले स्वर्ण पदकका लागि पूरा हकदार रह्यौं ।’

Related News