महासंघद्वारा प्रमाण पत्र वितरण

  • बुधबार, फाल्गुन २६, २०७७

२०७७ फाल्गुन २६
राष्ट्रिय खेलकुद परिषद्मा दर्ता रहेको नेपाल फुलकन्ट्याक कराँते महासंघले आफु सँग आवद्ध भएका १४ वटा संघलाई प्रमाण पत्र वितरण गरेको छ । महासंघका अध्यक्ष दमन बस्नेतले प्रमाण पत्र वितरण गरेका हुन । नेपाल फुलकन्ट्याक कराँते महासंघमा आवद्धहुने संघमा एफकेओके संघ,नेपाल एफआईकेके संघ,के डब्लूडब्लू संघ,के डब्लु एफ नेपाल,आईकेए संघ,आईएफ केके संघ,नेपाल सिन क्योकुसिन काईकान कराँते संघ,आईकेओ क्योकुसिन काईकोन संघ,नेपाल क्योकुसिन बुदो कराते साकाही अन्तर्राष्ट्रिय संघ,नेपाल एटेमी क्योकुसिन कराते संघ,पाको नेपाल क्योकुसिन कराते संघ,नेपाल अन्तर्राष्ट्रिय क्योकुसन काइकान कराते संघ, नेपाल क्योकुसिन सेहसिन काइकान कराते संघ र नेपाल क्योकुसिन डो फुलकन्ट्याक्ट कराते संद्ध छन् ।

संघका अध्यक्ष एवं प्रतिनिधिलाई नेपाल फुलकन्ट्याक्ट कराते महासंघका अध्यक्ष दमन बस्नेत, प्रथम उपाध्यक्ष रामजीप्रसाद वज्राचार्य,सालिकराम कुवँर,राजकुमार गुरुङलगायतले प्रमाणपत्र वितरण गरे ।

अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप शनिबार
काठमाडौं । नवौं अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप शनिबार आयोजना हुने भएको छ । सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा सीतापाइलामा हुने च्याम्पियनसिपमा काठमाडौं जिल्लाका १० डोजाङका दुई सय खेलाडीको सहभागिता रहने सीतापाइला तेक्वान्दो डोजाङ प्रमुख एवं प्रतियोगिता संयोजक बब्लु सिवाकोटीले जानकारी दिए ।

एक दिने प्रतियोगितामा हरेक बेल्ट तथा तौल समूहमा ग्योरोगी र पुम्से दुवै विधामा प्रतिस्पर्धा हुने संयोजक सिवाकोटीले जानकारी दिए । ‘हामीले प्रतियोगिताभन्दा पनि तेक्वान्दोको महोत्सव गर्न लागेका हौं । सबै खेलाडीले खेल्न सकुन् भनेर हरेक बेल्टका साथै तौल समूहमा प्रतिस्पर्धा गर्न लागिएको हो’, सिवाकोटीले भने ।

च्याम्पियनसिपमा ग्योरोगी तथा पुम्सेतर्फका महिला तथा पुरुष खेलाडीले उत्कृष्ट खेलाडीको पुरस्कार पाउने छन् । उत्कृष्ट हुनेलाई आकर्षक ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने संयोजक सिवाकोटीले जानकारी दिए । उनले हरेक वर्ष आयोजना गर्दै आएको च्याम्पियनसिप कोरोना महामारीका कारण गत वर्ष आयोजना गर्न नसकिएको बताए ।

अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी सीतापाइला डोजाङका खेलाडी ।

 

नेपाल फुलकन्ट्याक्ट कराते महासंघका अध्यक्ष दमन बस्नेतद्धारा एटिमी क्योकुसिन करातेका ब्रान्चीप प्रदिप थापालाई प्रमाण पत्र दिदै ।